विपक्षी गठबन्धनको बैठक बस्दै
संसद विघटनविरुद्ध १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने तयारी

काठमाडौं । विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा र एमाले नेपालसमुह सहितको बैठक बिहान ११ बजे बस्न लागेको हो ।
विपक्षी गठबन्धन १४९ सांसद हस्ताक्षरसहित आज संसद विघटनविरुद्ध सर्वोच्च अदालत जादैछ । त्यसअघि उनीहले संसदीय दलको बैठक आह्वान गरेका हुन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार अहिले रिटका लागि तयारी भइरहेको छ । विपक्षी दलहरु छलफलमा जुटेका छन् ।
खाँणले प्रधानमन्त्री ओलीले गलत नियतका साथ प्रतिनिधि सभा विघटन गरेका कारण कानुनी लडाईँका लागि आफूहरू बैठक बस्न लागेको जानकारी दिए ।
रिट लेखन र हस्ताक्षर सङ्कलन कार्य सकिएमा आजै नभए भोलिसम्ममा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिपक्षी सर्वोच्च जान लागेका हो । शनिवार बसेको विपक्षी गठबन्धनको पाँच दलको बैठकले राजनीतिक र कानुनी लडाईं लड्ने निष्कर्ष निकालेको थियो ।


















भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया