चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएको चाडका सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गासिम चेरिफ महामतले बिहीबार विज्ञप्ति मार्फत बताएका छन् ।
बुधबार भएको आक्रमणमा अन्य मानिसहरु घाइते भएकासमेत प्रवक्ता महामतले बताएका छन् ।
सुडानी द्वन्द्वका कारण दुई देशबीचको सीमा बन्द गर्ने कडा चेतावनीको बावजुद, चाडको क्षेत्रमा रहेको टिने जागराबाको इलाकामा ड्रोन आक्रमणको लक्ष्य बनेको उनले बताएका छन् ।
सुडानी इलाकामा सरकारले रक्षा तथा सुरक्षा व्यवस्थालाई बलियो बनाएको जनाउदै अन्तर्राष्ट्रिय कानूनको कडा अनुपालन गरेको महामतले बताएका छन् ।
चाडका राष्ट्रपति महामत इद्रिस डेबी इट्नोले विज्ञप्ति जारी गर्दै घातक ड्रोन आक्रमण पछि आपतकालीन सुरक्षा बैठक बोलाएर सीमालाई “पूर्ण रूपमा बन्द“ गर्ने आदेश दिएका छन् । यसै बीच उनले सेनालाई सुडानबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन आदेश दिएका छन् ।
चाड र सुडानवीचको एक हजार ३०० किलोमिटर झरझरा सीमा क्षेत्र सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बिचको लडाइँ पछि सन् २०२३ देखि निरन्तरको द्वन्द्वको मारमा परेको छ ।

















लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया