सरकारको ध्यान कोरोना नियन्त्रणमा छ : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०७८ जेठ ९ गते १४:२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण गर्न कुनै पनि समस्या नभएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कोरोना नियन्त्रण गर्न सरकारले जहाज चार्टर गरेर अक्सिजनको सिलिण्डर, भेण्टिलेटरलगायत स्वास्थ्य सामाग्री ल्याएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले भ्याक्सिन नेपालमा बनाउन सम्भव नभएको हुँदा खरिद गरेर ल्यायौँ ।’
पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको प्रमुख ध्यान कोरोना सर्न नदिने गरी काम गरिरहेको बताए । यस्तै, उनले विश्वका विभिन्न देशहरू तथा संघ संस्थासँग कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने प्रयासमा केन्द्रीत रहेको बताए ।
प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि निजी क्षेत्रका व्यापारीसँग मिलेर काम गरिरहेको जानकारी दिए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया