३ बुँदे मागसहित विपक्षी गठबन्धन सर्वोच्च अदालतमा
मेरोन्यूज
२०७८ जेठ १० गते १४:३३

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पर्ने र संसद पुनस्र्थापना गर्न माग गर्दै १४६ जना सांसदहरूको हस्ताक्षरसहित विपक्षी गठबन्धन सर्वोच्च अदालतमा पुगेका छन् । गठबन्धनले आफ्ना दुई वटा माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको हो । त्यसका लागि नेताहरू अदालत पुगेका हुन् ।
शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेसँगै विपक्षी गठबन्धनका नेताहरू विरोधमा उत्रिँदै आएका थिए ।
विपक्षी गठबन्धनले आफ्नो रिटमा तीन वटा माग राखेका छन् ।
१, संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज ।
२, संसद अधिवेशनको मिति तोक्नु पर्ने ।
३, संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।
सम्बन्धित










भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया