गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने

गोरखा । जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारबाट पठनपाठन सुरु हुने भएको छ । वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्न लागिएको हो ।
शुक्रबार जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन, भर्ना लगायतका विषयमा सार्वजनिक भएका परिपत्रहरुप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
संघीय सरकारले गरेको परिपत्र र निर्देशन अनुसार पठन कार्यघण्टा नपुग्ने र शैक्षिक सत्र तलमाथि हुने भएकाले उक्त अन्यौलता हटाउन नयाँ शिक्षा ऐन समेत यथाशीघ्र निर्माण गर्न उनीहरुले आग्रह गरेका छन् । अभिभावकहरुको मागलाई समेत मध्यनजर गर्दै सोमबारबाट भर्ना अभियान र पठनपाठन एकैसाथ सञ्चालन गर्न लागिएको उनीहरुले जानकारी गराएका छन् ।
चालु आर्थिक वर्ष जिल्लाका विभिन्न विकासे आयोजनाहरुका लागि संघ सरकारबाट विनियोजित बजेट रोक्का राखेकाले फुकुवा गरिदिन पनि उनीहरुले माग गरेका छन् ।


















भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया