आज रास्वपाको केन्द्रीय समिति बैठक, ९ वटा कार्यसूचीमा छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज केन्द्रीय समिति बैठक आह्वान भएको छ । बैठकमा छलफल गरिने नौबुँदे प्रस्ताव आइतबार नै पार्टीले सार्वजनिक गरिसकेको छ ।
प्रवक्ता मनिष झाका अनुसार, बैठकमा संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल हुने छ । बैठकको सुरुवात पार्टी गतिविधिबारे विस्तृत व्रिफिङबाट हुने कार्यसूचीमा बनाइएको छ । केन्द्रीय सदस्यहरूको रिपोर्टिङमा २० जनाले दुई–दुई मिनेट बोल्न पाउने भनिएको छ ।
बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयनको विषय पनि प्रमुख एजेन्डाका रहेको रास्वपाले जनाएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि मस्यौदामाथि छलफल गरिने र पार्टी विधान संशोधनसम्बन्धी विषयमा पनि निर्णय लिइने तयारी छ ।
स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्ताव पनि कार्यसूचीमा छ । त्यस्तै, विदेशमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने विषयमा पनि छलफल हुने जनाइएको छ ।

















अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया