कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने सचिव दिनेश थापामगरले जानकारी दिए ।
आजको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन । यसअघि बैशाख २ गते बसेको अनुशासन समितिको बैठकले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो ।
बैठकले नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यसबीचमा सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिए पछि सभापति थापाले आइतबार नेता खड्कासँग भेट गरेका छन् ।केन्द्रीय अनुशासन समितिले कारवाही प्रक्रिया अगाडि बढाइरहेका बेला भएको सभापति थापा र नेता खड्काबीचको भेटले स्थितिलाई सामान्यिकरण गर्ने आकलन गरिएको छ ।

















अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया