सुदूरपश्चिम प्रदेशमा ओली अल्पमतमा, नेपाल पक्षले के गर्लान् ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेमा केन्द्रदेखि तरङ्ग पैदा भएको अवस्था बस्ने लागेको आजको बैठकलाई चासोका साथ हेरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।
प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये माधव कुमार नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् । प्रदेश संसदीय दलका नेता शाह नेता भीम रावल निकट हुन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहितका ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि औपचारिक रूपमा पार्टी विभाजनको दिशामा अघि बढेको छ ।
बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार निरन्तर हुनेछ । तर, पार्टीको निर्देशन पालन नगरे प्रदेश सभा सदस्यलाई कारबाही गर्ने ओली पक्षले चेतावनी दिइसकेको छ ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया