देशको परिस्थितिबारे छलफल गर्न सभामुखसहित पूर्व सभामुखहरू बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ११ गते ११:०८

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरूसँग छलफल गरेका गर्ने भएका छन् । संसद विघटनपछि देशमा देखिएको परिस्थितिबारे सुझाव लिन उनले पूर्व सभामुखहरुसँग छलफल गर्ने भएको हुन् ।
नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरूसँग पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दोस्रोपटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले यो कदमको विरोध गरेका थिए ।
संसद विघटनको विरोध गर्दै सोमबार १४६ सांसदले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिसकेका छन् ।
सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाएका हुन् ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया