देशको परिस्थितिबारे छलफल गर्न सभामुखसहित पूर्व सभामुखहरू बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ११ गते ११:०८

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरूसँग छलफल गरेका गर्ने भएका छन् । संसद विघटनपछि देशमा देखिएको परिस्थितिबारे सुझाव लिन उनले पूर्व सभामुखहरुसँग छलफल गर्ने भएको हुन् ।
नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरूसँग पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दोस्रोपटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले यो कदमको विरोध गरेका थिए ।
संसद विघटनको विरोध गर्दै सोमबार १४६ सांसदले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिसकेका छन् ।
सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाएका हुन् ।
सम्बन्धित










मन्त्रिपरिषद् बैठक जारी
एनपिएल : कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य
हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया