अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
मेरोन्यूज
२०८३ वैशाख १२ गते १३:४१

पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रान्तीय राजधानी काला–ए–नवमा भएको घटनाको पुष्टि गर्दै प्रहरीले विज्ञप्ति जारी गरेको छ । पीडितहरूमा चार बालबालिका र एक महिला रहेको जनाइउको छ भने परिवारका थप दुई सदस्यहरू घाइते भएका छन् ।
यस अघि बुधबार पूर्वी वर्दक प्रान्तमा भएको यस्तै घटनामा दुई जनाको मृत्यु भएको थियो ।
युद्ध पछिको अफगानिस्तानका मानिसहरू प्रायः माटोका घरहरूमा बस्छन्, जुन वर्षा र बाढी लगायत प्राकृतिक प्रकोपहरूको जोखिममा छन् । आपगानीस्तानका केही भागहरूमा विगत केही दिनदेखि भारी वर्षा र बाढीको सामना गरि रहेको जनाइएको छ ।
सम्बन्धित
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया