दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने

महेन्द्रनगर (धनुषा) । जानकी नवमीका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ । बिहानैदेखि यहाँ हजारौँ हिन्दू धर्मावलम्बीहरू पूजाआराधना, भजनकीर्तन तथा धार्मिक अनुष्ठान गर्दै स्थानमा सहभागी जनाएका थिए ।
त्यस अवसरमा जानकी मन्दिरका सह(महन्त रामरोशन दास वैष्णवसहित साधुसन्त र धार्मिक अगुवाहरूले शाही स्नान गरे । शाही स्नानलाई जानकी नवमीको मुख्य आकर्षणका रूपमा लिइन्छ, जसले माता जानकीप्रति श्रद्धा र आस्थालाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ ।
यसअघि जानकी मन्दिरबाट बाजागाजा, धार्मिक झाँकी र ध्वजापताकासहित भव्य शोभायात्रा निकालिएको थियो । शोभायात्रा जानकी घाट पुगेर शाही स्नानमा परिणत भएको थियो।
आजै दिउँसो १२ः०० बजे जन्म आरती तथा बधाई गान कार्यक्रम आयोजना गरेका थिए । आजै अपराह्न ४ बजेदेखि मन्दिरबाट डोला शोभायात्रा निकाली नगर परिक्रमा गर्ने कार्यक्रम रहेको साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको सहमहन्त वैष्णवले जानकारी दिए ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया