लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा। यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा नं १७ मा आज निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्दै आएको हो ।
शिविरअन्तर्गत मोतियाविन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिँदै आएको छ । शिविर उद्घाटन गर्दै नगरप्रमुख चौधरीले नगरलाई मोतियाविन्दु मुक्त बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । “आर्थिक अभावका कारण कुनै पनि नगरवासी आँखासम्बन्धी समस्याबाट पीडित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार शिविरसँग सम्बन्धित सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने छ ।
यस वर्ष वडा नं १७ बाट सुरु गरिएको शिविर नगरका सबै २४ वटै वडामा सञ्चालन गरिनेछ । साथै, मोतियाविन्दु पहिचान भएका बिरामीलाई नगरबसमार्फत अस्पतालसम्म ल्याउने पुर्याउने व्यवस्था निःशुल्क गरिएको छ ।
सगरमाथा चौधरी आँखा अस्पतालका शिविर संयोजक राजकुमार राउतका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लहान नगरपालिकासँगको सहकार्यमा सञ्चालन भएका शिविरमार्फत १७ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा जाँच गरिएको छ । तीमध्ये करिब दुई हजार ५०० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ भने आठ हजारभन्दा बढीलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको छ ।
अस्पतालले नेपाल तथा भारतका वार्षिक रूपमा करिब २५ लाख आँखाका बिरामीको उपचार गर्दै आएको छ । साथै, विभिन्न स्थानीय तहसँगको सहकार्यमा दक्ष जनशक्ति र आधुनिक प्रविधिसहित आँखा जाँच शिविरलाई निरन्तरता दिँदै आइएको अस्पतालले जनाएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया