शनिबार, वैशाख १२, २०८३

ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ

मेरोन्यूज २०८३ वैशाख १२ गते १९:१२

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन नेतृत्वको सरकारलाई केपी शर्मा ओलीको नयाँ भर्सन भएको बताएका छन् ।

Advertisement
NiccNicc

काठमाडौँको सुकुम्बासी बस्तीमा डोजर चलेपछी त्यस विरुद्ध आज लगातार स्टाटस लेखेका साम्पाङले अहिलेको सरकार दादागिरी, लठ्ठी, बुट र बन्दुकका भरमा चल्न खोजेको आरोप लगाएका छन् ।त्यसअघी उनले चुनाव अघि र चुनावको दिन चुपचाप घण्टी छाप , चुनाव पछि अब चुपचाप सामान बोकेर टाप भन्दै लेखेर ब्यंग गरेका थिए ।

यस्तै उनले आज एक भिडियो जारी गर्दै बालेन शाह मेयर हुँदा हटाउन नसकेको सुकुम्वासी बस्ती अहिले प्रधानमन्त्री भएपछि इगोको रूपमा लिएर हटाउन थालेको बताएका छन् ।

उनले प्रधानमन्त्री शाहले सुकुम्वासीहरूलाई पनि फोहोरको रूपमा लिएको टिप्पणी गरेका छन्।स्तो देख्नुभयो। अनि अहिले सुकुम्वासी बस्ती हटाउन यो कामहरू गर्न थाल्नुभयो।’

चुपचाप घन्टीमा छाप भन्दै भोट हाल्नेहरूले अहिले चुपचाप कुम्लो–बोक टाप भन्ने अवस्था आएको टिप्पणी गरे।

उनले थपे, ‘देशैभरि सुकुम्वासी बस्ती हटाउने काम यो सरकारले गर्छ, सचेत भएर बस्नुहोला पूर्वदेखि पश्चिमसम्म। अब लाखौँ–लाख मान्छेहरू गरिब छन्, सुकुम्वासी बस्तीमा बसिरहेका छन्। लजमा राख्ने भन्ने कुराहरू मात्रै प्रचार गरिरहेको हुन्छ। तर त्यहाँभित्र कति पीडा र दुःख छ भन्ने कुरा म महसुस गर्न सक्छु।’ उनले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी देखाएर बस्ती खाली गराएको बताए।

प्रतिक्रिया