बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नारामाथि ब्यंग्य गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता ज्ञवालीले प्रधानमन्त्रीको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नारा सुन्दर भए पनि काम गराई असंवेदनशील भएको बताए। बागमती किनारबाट विस्थापित नागरिकको आँशुले नेपाल हासिँरहेको देखिन्छ कि रोइरहेको भनेर उनले प्रश्न गरे।
‘प्रधानमन्त्रीज्यूको बडो राम्रो थेगो छ, म नेपाल हाँसेको हेर्न चाहन्छु। कति सुन्दर छ, यो वाक्य। तर बागमतीको किनारमा बगिरहेका आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि नेपाल रोइरहेको देखिन्छ?,’ उनले प्रश्न गरे।
संविधानले परिकल्पना गरेको लोककल्याणकारी र समाजवादउन्मुख राज्यको लक्ष्य हाल सरकारले गरिररहेको व्यवहारसँग मेल नखाने उनको भनाइ थियो। आवास, खाद्य, रोजगारी र स्वच्छ वातावरणजस्ता मौलिक हकलाई राज्यले खोस्न नहुने उनले बताए।
सुकुम्वासी क्षेत्रमा रहेका अव्यवस्थित बसोवास हटाउँदा राज्यले देखाएको रवैयाप्रति उनले आपत्ति जनाए। हजारौँ सुरक्षाकर्मी परिचालन गरेर बस्ती हटाउन सक्ने सरकारले एक हप्ता प्रमाण जाँच गरेर समाधान खोज्न किन सकेन भनेर प्रश्न गरे।
‘थापाथलीमा अव्यवस्थित बसोवास हटाउँदाखेरि एक हजारभन्दा बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, छक्क परियो सेना समेत त्यहाँ थियो। त्यति गर्न सक्ने सरकारले एक हप्तासम्म त्यहीँ एउटा टेबुल राखेर ल आउनुहोस् तपाईंको प्रमाण के छ भनेर स्क्रिनिङ गरेको भए पनि त के बिग्रिन्थ्यो?,’ ज्ञवालीले भने, ‘जे देखिँदै छ, राम्रो लक्षण देखिँदै छैन।’
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया