बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा)। जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु बाली मौसम अनुकूल नभएकाले उत्पादनमा २० प्रतिशतले कमी आएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो ।
केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२र८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुनुपर्नेमा दुई दशमलव ४८ मेट्रिकटन भएको जानकारी दिए । उनका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ ।
उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल रु चार हजारका दरले बिक्री भएको केन्द्रका कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए । उनका अनुसार गत आवमा रु चार अर्ब दुई करोड ५६ लाख ६० हजार बराबरको ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो ।
















पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया