लुम्बिनी विश्व शान्ति सहरका रुपमा विकास गर्न आवश्यक छ: राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई कोरोनाविरुद्धको खोपको प्रबन्ध मिलाउन अनुरोध गरेका छन्। बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले सरकारलाई कोरोना संक्रमित सम्पूर्ण नागरिकको उपचार तथा कोरोनाविरुद्धको खोप लगाउने प्रबन्ध मिलाउन अनुरोध गरेका हुन् ।
उनले लुम्बिनीलाई विश्व शान्ति सहरका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै संसारभरका बुद्धमार्गी तथा पर्यटकलाई आकर्षण गर्न सरकारको ध्यान जान जरुरी रहेको पनि बताएका छन् । “यस अवसरमा कोरोना महामारीलाई पराजित गर्दै आर्थिक तथा सामाजिक रुपले विश्वलाई पुरानै अवस्थामा फर्काउन तथा मानव जीवनको रक्षामा ऐक्यवद्धता प्रदर्शन गर्न हामी सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्दछुुु” जारी विज्ञप्तिमा भनिएको छ ।
उनले कोरोनाको महामारीबिरुद्ध दिनरात नभनी पहिलो घेरामा खट्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी र नेपाली जनतालाई धन्यवाद व्यक्त गरेका छन् ।

















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया