लुम्बिनी विश्व शान्ति सहरका रुपमा विकास गर्न आवश्यक छ: राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई कोरोनाविरुद्धको खोपको प्रबन्ध मिलाउन अनुरोध गरेका छन्। बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले सरकारलाई कोरोना संक्रमित सम्पूर्ण नागरिकको उपचार तथा कोरोनाविरुद्धको खोप लगाउने प्रबन्ध मिलाउन अनुरोध गरेका हुन् ।
उनले लुम्बिनीलाई विश्व शान्ति सहरका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै संसारभरका बुद्धमार्गी तथा पर्यटकलाई आकर्षण गर्न सरकारको ध्यान जान जरुरी रहेको पनि बताएका छन् । “यस अवसरमा कोरोना महामारीलाई पराजित गर्दै आर्थिक तथा सामाजिक रुपले विश्वलाई पुरानै अवस्थामा फर्काउन तथा मानव जीवनको रक्षामा ऐक्यवद्धता प्रदर्शन गर्न हामी सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्दछुुु” जारी विज्ञप्तिमा भनिएको छ ।
उनले कोरोनाको महामारीबिरुद्ध दिनरात नभनी पहिलो घेरामा खट्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी र नेपाली जनतालाई धन्यवाद व्यक्त गरेका छन् ।











पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया