पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या

काठमाडौं । भारतको पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका वयक्तिगत सहयोगी पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ ।
मंगलबार राति दोहरिया क्षेत्रमा चारवटा मोटरसाइकलमा आएका करिब आठ जना आक्रमणकारीहरूले योजनाबद्ध रूपमा हमला गरी पीए चन्द्रनाथको गोली हानी हत्या गरेका हुन् ।
लामो समयदेखि त्रिणमूल कांग्रेस नेता ममता बनर्जीको निकट सहयोगी भएर काम गरेका शुभेन्दु अधिकारीले हालैको विधानसभा निर्वाचनमा भाजपा प्रवेश गरी ममतालाई नै हराइदिएका थिए ।
अधिकारीका पीए चन्द्रनाथ रथ सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका भारतीय मिडियाहरुले लेखेका छन् ।
घटनामा उनका चालक बुद्धदेव बेरासमेत घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई कोलकातास्थित अस्पतालमा भर्ना गरिएको छ ।
पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपाले २०६ सिटसहित दुई तिहाइ बहुमत हासिल गर्दै राज्यमा पहिलो पटक सरकार बनाउने तयारीमा छ । त्यही बेला चर्चित नेता अधिकारीका पीएको गोली हानी हत्या भएको हो ।
घटनापछि भाजपा नेता तथा कार्यकर्ताहरूमा तीव्र आक्रोश फैलिएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।
















आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया