बिहीबार, वैशाख २४, २०८३

अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी

मेरोन्यूज २०८३ वैशाख २४ गते ८:३७


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्दै वार्ता “धेरै राम्रो” भएको र युद्ध “छिट्टै समाप्त हुने” बताएका छन् ।
ट्रम्पले पिबीएससँग कुरा गर्दै अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै सम्झौता हुन सक्नेमा आफू आशावादी रहेको बताए। तर उनले वार्ता असफल भएमा फेरि आक्रमण सुरु गर्ने चेतावनी पनि दिए।

Advertisement
NiccNicc

“मलाई लाग्छ यो अन्त्य हुने सम्भावना धेरै राम्रो छ, र यदि अन्त्य भएन भने, हामी फेरि उनीहरूमाथि भीषण बमबारी गर्न फर्किनुपर्छ,” उनले भने।

बुधबारै ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पलेले इरान “सम्झौता गर्न अत्यन्त इच्छुक” रहेको बताए । उनले भने, “यदि हामी सम्झौतामा पुग्यौं भने, उनीहरूसँग आणविक हतियार हुन सक्दैन।”

“पछिल्ला २४ घण्टामा हाम्रो वार्ता निकै राम्रो भएको छ र सम्झौता हुने सम्भावना धेरै छ,” उनले भने।

तर इरानले सम्झौता नजिक पुगेको भन्ने रिपोर्टलाई कम महत्व दिँदै, आफूले अमेरिकी प्रस्तावबारे अध्ययन गरीरहेको र अझै पाकिस्तानी मध्यस्थकर्तामार्फत औपचारिक प्रतिक्रिया पेश नगरेको जनाएको छ।

दुवै पक्षबीच इरानको आणविक कार्यक्रमदेखि लिएर विश्वको करिब पाँचौं हिस्सा तेल तथा ग्यास आपूर्ति हुने होर्मुज जलमार्ग माथिको नियन्त्रणसम्मका विभिन्न विषयमा मतभेद कायम छन्।

रोएटर्सले एक पाकिस्तानी स्रोत र मध्यस्थता प्रक्रियाबारे जानकारी राख्ने अर्का व्यक्तिलाई उद्धृत गर्दै, द्वन्द्व औपचारिक रूपमा अन्त्य गर्न दुवै पक्ष एक पृष्ठको समझदारीपत्रमा सहमतिनजिक पुगेको रिपोर्ट गरेको छ।

प्रतिक्रिया