वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
मेरोन्यूज
२०८३ वैशाख २४ गते १५:२१

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो ।
अभियुक्त तामाङले जापान पठाइदिन्छु भन्दै एक जनाबाछ रु ११ लाख ५५ हजार, केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट रु ९३ लाख, डिल्लीमानले दुई जनाबाट रु १४ लाख ७५ हजार, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट रु १२ लाख २५ हजार र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट रु पाँच लाख ५० हजार ठगेका थिए ।
सम्बन्धित
















मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया