स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प

गत फेब्रुअरी –२८ देखि स्ट्रेट अफ होर्मुजको समुन्द्रीक नाका बन्द भएको कारण करिब एक हजार ५०० भन्दा बढी माल–बाहाक जहाजहरू खाडी क्षेत्रका समुन्द्रमै ठप्प भएको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आइएसओ) ले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव आर्सेनियो डोमिंगेजले पानामामा टिप्पणीको क्रममा हाल लगभग २० हजार चालक दलका सदस्य र लगभग एक हजार ५०० जहाजहरू खाडीमा फसेको जनाउनु भएको हो । उहाँले उक्त समुद्री नाकाबाट विश्वव्यापी रूपमा खपत हुने उत्पादनहरूको अधिकाशं ढुवानी हुने गरेको उल्लेख गरेका छन् ।
उद्योग व्यवसायी समुद्री सङ्गठनका प्रतिनिधिहरूको प्रभावित समूहलाई सम्बोधन गर्दै डोमिङ्गेजले फसेका चालक दलका सदस्यहरू अन्य देशहरू बाट हरेक दिन नियमित कामका लागि हिडिरहेका निर्दोष व्यक्तिहरू उनीहरूको नियन्त्रण भन्दा बाहिरको भूराजनीतिक परिस्थितिका कारण यस क्षेत्रमा फसेको जनाएका छन् ।
















स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया