मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
मेरोन्यूज
२०८३ वैशाख २६ गते ९:०६

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन् ।
बिदाइ कार्यक्रममा उनीहरूले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा मङ्गलमय यात्राको शुभकामना व्यक्त गरे ।
उनीहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका थिए ।
सम्बन्धित
















मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया