शनिबार, वैशाख २६, २०८३

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

मेरोन्यूज २०८३ वैशाख २६ गते ९:५१

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्दैछ ।

Advertisement
NiccNicc

आज र भोली चल्ने भेलाको पार्टी सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि सभापति थापा जहाजमार्फत त्यसतर्फ लागेका छन् ।

उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे यसअघि नै धनगढी पुगिसकेका छन् ।

यही वैशाख २३ गते बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सातवटै प्रदेशमा प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया