शनिबार, वैशाख २६, २०८३

कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला

मेरोन्यूज २०८३ वैशाख २६ गते १०:०६

धरान (सुनसरी)- सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार बिहान करिब ४ः३० बजे कालाबन्जार–धरान सडक खण्डमा प्रदेश १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल सिमेन्टको कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको थियो ।

Advertisement
NiccNicc

दुर्घटनापछि मोटरसाइकल करिब ३४ फिट तल पैनीको नालामा खसेको थियो । दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–८ बरगाीका ३० वर्षीय मनिस बस्नेतको मृत्यु भएको सूचना अधिकारी खड्काले बताउनुभयो । प्रहरीका अनुसार मृतक बस्नेतको दाहिने गालामा गहिरो चोट लागेको अवस्थामा पैनीमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो ।

स्थानीयले ठूलो आवाज सुनेपछि प्रहरीचौकी भरौलमा खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । —

प्रतिक्रिया