स्वास्थ्य सामग्री सहयोग

सिमकोट । आधार नेपाल हुम्लाले रानीवन क्वारेन्टिन र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लामा रहेको एक मात्र स्वास्थ्य सेवा कार्यालय हुम्ला र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको रानीवनमा रहेको क्वारेन्टिनलगायत आइसोलेशनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको आधार नेपाल हुम्लाका शिक्षा कार्यक्रम अधिकृत कुन्जोक लामाले बताए ।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनमा सहयोग गर्न स्वास्थ्य सेवा कार्यालय हुम्लाले माग गरेअनुसार बुधबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र हुम्लाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको रोहवरमा उक्त सामग्री सहयोग गरिएको लामाले बताए। जिल्लाभरि कोभिड–१९ महामारीका संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य सामग्री सहयोग गरिएको अधिकृत लामाको भनाई छ ।
आधार नेपाल हुम्लाले अक्सिजन कन्सन्टे«टर एक थान, केएन ९५ मास्क ५०० थान, सर्जिकल मास्क ६०० थान, स्यानिटाइजर ९६ बोतल, सर्जिकल पञ्जा ६०० थान, १० वटा पिपिइ सेट, पाँच जोर बुट, ३० वटा फेस सिल्ड, पेट्रोल १०५ लिटर र डिजेल १०५ लिटर उपलब्ध गराएको छ ।रासस


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया