स्वास्थ्य सामग्री सहयोग

सिमकोट । आधार नेपाल हुम्लाले रानीवन क्वारेन्टिन र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लामा रहेको एक मात्र स्वास्थ्य सेवा कार्यालय हुम्ला र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको रानीवनमा रहेको क्वारेन्टिनलगायत आइसोलेशनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको आधार नेपाल हुम्लाका शिक्षा कार्यक्रम अधिकृत कुन्जोक लामाले बताए ।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनमा सहयोग गर्न स्वास्थ्य सेवा कार्यालय हुम्लाले माग गरेअनुसार बुधबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र हुम्लाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको रोहवरमा उक्त सामग्री सहयोग गरिएको लामाले बताए। जिल्लाभरि कोभिड–१९ महामारीका संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य सामग्री सहयोग गरिएको अधिकृत लामाको भनाई छ ।
आधार नेपाल हुम्लाले अक्सिजन कन्सन्टे«टर एक थान, केएन ९५ मास्क ५०० थान, सर्जिकल मास्क ६०० थान, स्यानिटाइजर ९६ बोतल, सर्जिकल पञ्जा ६०० थान, १० वटा पिपिइ सेट, पाँच जोर बुट, ३० वटा फेस सिल्ड, पेट्रोल १०५ लिटर र डिजेल १०५ लिटर उपलब्ध गराएको छ ।रासस









क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया