विपन्नलाई खाद्यान्न सहयोग
मेरोन्यूज
२०७८ जेठ १३ गते ९:२८

जाजरकोट । छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ । प्रति परिवार रु १० हजार ८१५ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका छवि पन्तले जानकारी दिए ।
कोभिडका कारण समस्यामा परेर हैरानी बेहोरेका विपन्न सर्वसाधारणलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले ८२२ घरधुरीलाई खाद्यान्न उपलव्ध गराएका हुन । करिब रु ८९ लाख बराबरको खाद्यान्न दिइएको पन्तले जानकारी दिए। त्यस्तै दुई हजार ६७३ बालबालिकालाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ ।
त्यस्तै स्वास्थ्य सेवा कार्यालयलाई अक्सिजन आपूर्ति गर्नका लागि मञ्चले रु १५ हजार सहयोग गरेको कार्यालयका प्रमुख टीकाराम जैसीले जानकारी दिए । रासस
सम्बन्धित


















सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया