मन्त्रिपरिषद्को निर्णय
साताको एक दिन यी ३ देशमा उडान खुल्ला
मेरोन्यूज
२०७८ जेठ १४ गते ८:०८

काठमाडौं। सरकारले जेठ १८ गतेदेखि कतार,चीन र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि टर्कीको इस्तानबुल,कतारको राजधानी दोहा र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।
गत वैशाख १६ गतेदेखि कोरोना नियन्त्रणका लागि निषेधाज्ञा सुरु भएपछि सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।
चार्टर उडानमा यात्रु ठगिने क्रम नरोकिएपछि ३ वटै देशमा सातामा एक दिन नियमित उडानका लागि खुला गरिएको एक मन्त्रीले जानकारी दिए ।
सम्बन्धित


















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया