पर्यटनको विकास गर्न होटल एसोसिएसनको माग

काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले ‘बृहत पर्यटन पुनरुत्थान योजना’ लागू गर्न सरकारसँग माग गरेको छ । हानले विज्ञप्ति जारी गर्दै कोभिड विशेषः पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहितको आर्थिक योजना लागू गर्न माग गरेको हो ।
हानले जारी गरेको विज्ञप्ति अनुसार विगत १५ महिना भन्दा बढीको व्यावसायिक शून्यताले कतिपय व्यवसायीहरु पलायन समेत भइसकेको हुँदा होटल तथा पर्यटन व्यवसायप्रति आर्कषण घट्ने मात्र नभई दीर्घकालीन रुपमा लगानी पलायन भइ देश विकासको महत्वपूर्ण हिस्सा पर्यटन उद्योग नै धराशायी हुन सक्ने अवस्थामा पुगेको छ ।
होटल क्षेत्र कोरोनाका कारण अति प्रभावित क्षेत्रमा पर्ने भएकाले प्रभावित होटलका लागि बजेटको पहिलो प्राथमिकता अति प्रभावित उद्योगका रुपमा यसको संरक्षण र सम्बद्र्धनमा केन्द्रित हुनुपर्ने हानको भनाइ छ ।
यसैगरी संरक्षण कोष स्थापना गरिनुपर्ने, विशेष सहुलियत सहितको कर छुट र मिनाहा सम्बन्धी व्यवस्था गर्न हानले सरकारसँग माग गरेको छ । हानले होटलको पुनरुत्थानका लागि ३ वर्षसम्म विशेष कर सहुलियतको व्यवस्था माग गरेको छ । साथै विद्युत् महसुलमा ५० प्रतिशत छुटको व्यवस्थाका साथै कम्तीमा २ वर्षका लागि डिमाण्ड शुल्कमा शतप्रतिशत छुट हुनुपर्ने हानले माग गरेको छ ।
कर्मचारी तथा श्रमिक कल्याण योजनामा नागरिक लगानी कोषमा जम्मा गरेको रकममध्ये केही रकम बिना ब्याज र पछि फिर्ता नगर्ने गरी झिक्न पाउने व्यवस्था गर्न हानको माग छ ।
आन्तरिक पर्यटनलाई बढावा दिनका लागि सरकारी र संगठित क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य पर्यटन विदा दिइ नगद आर्थिक प्रोत्साहनसहित घुम्न पठाउँदै आन्तरिक पर्यटनाको प्रवद्र्धन गर्न उपयुक्त हुनेगरी बजेट परियोजना तर्जुमा गरी कार्यान्वयन गर्न पनि हानले माग गरेको छ ।

















नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको छ : संयोजक दाहाल
यस पटकको होली घरभित्रै मनाउन आग्रह
प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
टिपरको ‘हाइड्रोलिक’ उठाउँदा करेन्ट लागेर चालकको मृत्यु
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
प्रतिक्रिया