पर्यटनको विकास गर्न होटल एसोसिएसनको माग

काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले ‘बृहत पर्यटन पुनरुत्थान योजना’ लागू गर्न सरकारसँग माग गरेको छ । हानले विज्ञप्ति जारी गर्दै कोभिड विशेषः पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहितको आर्थिक योजना लागू गर्न माग गरेको हो ।
हानले जारी गरेको विज्ञप्ति अनुसार विगत १५ महिना भन्दा बढीको व्यावसायिक शून्यताले कतिपय व्यवसायीहरु पलायन समेत भइसकेको हुँदा होटल तथा पर्यटन व्यवसायप्रति आर्कषण घट्ने मात्र नभई दीर्घकालीन रुपमा लगानी पलायन भइ देश विकासको महत्वपूर्ण हिस्सा पर्यटन उद्योग नै धराशायी हुन सक्ने अवस्थामा पुगेको छ ।
होटल क्षेत्र कोरोनाका कारण अति प्रभावित क्षेत्रमा पर्ने भएकाले प्रभावित होटलका लागि बजेटको पहिलो प्राथमिकता अति प्रभावित उद्योगका रुपमा यसको संरक्षण र सम्बद्र्धनमा केन्द्रित हुनुपर्ने हानको भनाइ छ ।
यसैगरी संरक्षण कोष स्थापना गरिनुपर्ने, विशेष सहुलियत सहितको कर छुट र मिनाहा सम्बन्धी व्यवस्था गर्न हानले सरकारसँग माग गरेको छ । हानले होटलको पुनरुत्थानका लागि ३ वर्षसम्म विशेष कर सहुलियतको व्यवस्था माग गरेको छ । साथै विद्युत् महसुलमा ५० प्रतिशत छुटको व्यवस्थाका साथै कम्तीमा २ वर्षका लागि डिमाण्ड शुल्कमा शतप्रतिशत छुट हुनुपर्ने हानले माग गरेको छ ।
कर्मचारी तथा श्रमिक कल्याण योजनामा नागरिक लगानी कोषमा जम्मा गरेको रकममध्ये केही रकम बिना ब्याज र पछि फिर्ता नगर्ने गरी झिक्न पाउने व्यवस्था गर्न हानको माग छ ।
आन्तरिक पर्यटनलाई बढावा दिनका लागि सरकारी र संगठित क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य पर्यटन विदा दिइ नगद आर्थिक प्रोत्साहनसहित घुम्न पठाउँदै आन्तरिक पर्यटनाको प्रवद्र्धन गर्न उपयुक्त हुनेगरी बजेट परियोजना तर्जुमा गरी कार्यान्वयन गर्न पनि हानले माग गरेको छ ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया