थापाको परिवारले प्रसाईंले दिने भनेको सहयोग नलिने
मेरोन्यूज
२०७८ जेठ १५ गते १३:२२
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दिने भनेको सहयोग नलिने जानकारी गराएका छन् ।

थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई नेपाल मेडिसिटी अस्पतालमा अस्पतालमा उपचार गराइरहेका छन् । उनको औषधी उपचारलगायतमा लागेको सबै खर्च बीएण्डसी कलेजले व्यहोर्ने प्रसाईले घोषणा गरेका थिए ।
चिकित्सकहरूको सल्लाहमा थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेका छन् ।
उनको सहयोगका लागि गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६ लाख ५० हजार जम्मा भएको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया