प्रतिनिधि सभा विघटन सम्वन्धी रिटमाथि आज पनि सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिटमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।
गत शुक्रबारबाट सुनुवाई सुरु भएको सो रिटमाथि आज पनि सुनुवाई हुन लागेको हो । शुक्रबारको इजलासमा विपक्षी गठवन्धनको तर्फबाट १४६ सांसदको तर्फबाट दायर रिटमाथि सुनुवाई भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यससँग सम्वन्धित भएर सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।
११ वटा संवैधानिक क्ष्जलासमा मै छलफल हुने गरी रिट दर्ता भएपनि १९ वटा रिट भने बिहीबारको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले संवैधानिक इजलासमा पठाएको हो ।
यसअघि गत पुष ५ गते पनि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सरकारको सो कदम असंवैधानिक ठहर गर्दै सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेको थियो ।


















चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
कांग्रेसले पूर्णबहादुरलाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया