वागमतीमा स्वच्छ पानी बगाउन नागमती बाँध
मेरोन्यूज
२०७८ जेठ १६ गते ८:०१

काठमाडौं । वागमतीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ ।
यसअघि हिउँदमा पनि वागमती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ ।
नागमती बाँध पनि तयार भएपछि नदीमा स्वच्छ पानी बगाउन सकिने छ । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
काठमाडौं उपत्यकाका वागमती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि तीन अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्बन्धित













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
तेक्वान्दो टोली चीन प्रस्थान
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया