वागमतीमा स्वच्छ पानी बगाउन नागमती बाँध
मेरोन्यूज
२०७८ जेठ १६ गते ८:०१

काठमाडौं । वागमतीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ ।
यसअघि हिउँदमा पनि वागमती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ ।
नागमती बाँध पनि तयार भएपछि नदीमा स्वच्छ पानी बगाउन सकिने छ । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
काठमाडौं उपत्यकाका वागमती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि तीन अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्बन्धित


















चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया