पहिरोले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गएराति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ ।
अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौ बाली बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौ बालीमा पूर्णरुपमा क्षति पुर्याएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।
वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिंचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीयवासीको भनाइ छ । पहिरोले पाकेको गहुँबाली बगाएपछि किसान चिन्तित भएका छन् ।
बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई पहिरोले बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौ बालीमा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् ।
वर्षा नरोकिए पहिरो पुनः जाने सम्भावना बढेको छ । २० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले जानकारी दिए ।
उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौलगायत बाली नष्ट पारिसकेको र अझै वर्षा नरोकिए पहिरो गएर घर बगाउने जोखिम रहेको शाहीको भनाइ छ ।
पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई तत्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया