प्रधानमन्त्रीले संसदको विघटन गरी प्रतिगमनलाई अगाडि बढाए : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षले नेपालमा गणतन्त्रण आएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै केसीले विभिन्न जनसंघर्ष र जनआन्दोलनको उपलब्धि गणतन्त्रले भएको बताए ।
उनले नेपालमा गणतन्त्र युगका १३ वर्षमा नेपाली राजनीतिमा अस्थिरताका वर्ष भएको बताएका छन् । नेपालमा संविधान जारी भएर विभिन्न तहका चुनाव भई नयाँ राजनीति प्रक्रियाको थालनी भएपनि नेपाली जनताको चाहना बमोजिम मुलुकले गति लिन नसकेको उनले बताए । केसीले प्रेस वक्तव्य निकाल्दै संसदमा भण्डै दुई तिहाई बहुमत भएको नेकपा विभाजित भएको छ र त्यसको असर देशको सम्पूर्ण राजनीतिमाथि परेको उल्लेख गरेका छन् ।
केसीद्वारा निकालिएको प्रेस वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विघटन गरी प्रतिगमनलाई अगाडि बढाउन पुगेका छन् । संसद पुनस्र्थापना सम्बन्धी सर्वोच्च अदालतले गरेको निर्णयलाई उपेक्षा गर्दै ओलीको पुनः संसद विघटन गर्ने असंवैधानिक, अप्रजातान्त्रिक, स्वेच्छाचारी कार्यशैली र कार्यविधिले देशमा प्रतिगमनको स्थितिलाई झन् बलियो बनाउँदै लगेको छ ।”
केसीले भने, “एकातिर, ओली सरकारको त्यो कार्यबाट प्रतिगमनकारी तथा साम्राज्यवादी शक्तिहरु उत्साहित भएका छन् भने अर्कातिर जनताले रगतसँग साटेर हासिल गरेको गणतन्त्र र जनआन्दोलनका अन्य उपलब्धि समाप्त हुने खतरा पैदा भएको छ । यो अवस्थामा नेपाली जनताले अग्रगमनकारी भूमिका खेल्दै स्वेच्छाचारी, असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादका विरुद्ध संघर्ष गर्दै प्रतिगमनविरोधी आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नहुने कुरा स्पष्ट छ ।”
उनले जनशक्तिले नै अग्रमनका विरुद्धमा भएको प्रतिगमनलाई परास्त गर्न सक्ने छ भन्ने कुरामा पूरा विश्वास गरेको बताए ।


















जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया