जनताको विश्वास जितेर बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् । अर्थ मन्त्रालयमा आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्तिका लागि आयोजित पत्रकार सम्मेलनमा उनले जनताको विश्वास जितेर बजेट कार्यान्वयन गर्ने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले कोरोना भाइरस (कोभिड–१९)को समस्यामा ल्याइएको बजेटले आर्थिक पुनरुत्थान र आर्थिक विकासमा अघि बढ्ने बताए । उनले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत बजेट आए पनि संविधानअनुसार रहेको दाबी गरे ।
मन्त्री पौडेलले सबै मन्त्रालयहरूसँग छलफल गरी भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिने बताए । ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ, यसमा दुविधा राख्नु पर्ने ठाउँ छैन,’ उनले भने ।
अर्थमन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरिसकेकाले स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताए । उनले भने, ‘निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिनेछ । निर्वाचनका लागि यथेष्ट महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ ।’
यस्तै, उनले सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेकाले सरकारको ध्यान केन्द्रीत हुनेमा विश्वास लिन आग्रह गरे ।


















सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया