चलचित्र निर्माता संघद्वारा बजेटको प्रशंसा

काठमाडौँ । सरकारले जेठ १५ गते शनिवार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नेपाली फिल्म क्षेत्रका केही विषयहरु समेटिएकोमा फिल्मकर्मीले खुसी प्रकट गरेका छन् ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बजेटमा फिल्म क्षेत्र पनि प्राथमिकतामा पर्नु प्रशंसायोग्य रहेको बताएका छन् ।
कोरोना भाइरसले नेपाललाई गरेको असरमा सरकार चनाखो भएझै बजेटमा फिल्म क्षेत्रलाई पनि समेट्नु उत्तम रहेको निर्माता अधिकारीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका अधिकारीले फिल्म निर्माणका लागि चाहिने उपकरणहरुमा भन्सार छुट हुनुपर्छ भनेर आफूले सरोकारवाला निकायसँग पटक–पटक गरेको आग्रह बजेटमा सम्बोधन भएकोमा चलचित्र क्षेत्रको विकासको पाइला चलेको उल्लेख गरे ।
सिनेका हलको विद्युत डिमाण्ड शुल्क मिनाह र चलचित्र उद्योगले तिर्दै आएको आयकर अब एक प्रतिशत मात्र तिर्नुपर्ने सरकारको घोषणाले विकासको बाटो केलाएको उनले जनाए ।
फिल्म क्षेत्रसहित कोरोना प्रभावित अन्य क्षेत्रलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने सरकारको घोषणाको स्वागत गर्दै अधिकारीले चलचित्र विकास बोर्डले लिएर गएको स्टोरी बैंकको अवधारणासँगै सातै प्रदेशमा छायांकन स्थल निर्माण गर्न र काभ्रेमा फिल्म सिटीको घोषणाले फिल्म क्षेत्रलाई सरकारबाट मायाको संकेत पाएको बताए ।















कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
किमजोङ र उनकी छोरीबाट नयाँ पेस्तोल परीक्षण
नाडा निर्वाचनसम्बन्धी रिट अदालतद्वारा खारेज, नयाँ कार्यसमितिको शपथ ग्रहणको बाटो खुल्यो
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया