चलचित्र निर्माता संघद्वारा बजेटको प्रशंसा

काठमाडौँ । सरकारले जेठ १५ गते शनिवार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नेपाली फिल्म क्षेत्रका केही विषयहरु समेटिएकोमा फिल्मकर्मीले खुसी प्रकट गरेका छन् ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बजेटमा फिल्म क्षेत्र पनि प्राथमिकतामा पर्नु प्रशंसायोग्य रहेको बताएका छन् ।
कोरोना भाइरसले नेपाललाई गरेको असरमा सरकार चनाखो भएझै बजेटमा फिल्म क्षेत्रलाई पनि समेट्नु उत्तम रहेको निर्माता अधिकारीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका अधिकारीले फिल्म निर्माणका लागि चाहिने उपकरणहरुमा भन्सार छुट हुनुपर्छ भनेर आफूले सरोकारवाला निकायसँग पटक–पटक गरेको आग्रह बजेटमा सम्बोधन भएकोमा चलचित्र क्षेत्रको विकासको पाइला चलेको उल्लेख गरे ।
सिनेका हलको विद्युत डिमाण्ड शुल्क मिनाह र चलचित्र उद्योगले तिर्दै आएको आयकर अब एक प्रतिशत मात्र तिर्नुपर्ने सरकारको घोषणाले विकासको बाटो केलाएको उनले जनाए ।
फिल्म क्षेत्रसहित कोरोना प्रभावित अन्य क्षेत्रलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने सरकारको घोषणाको स्वागत गर्दै अधिकारीले चलचित्र विकास बोर्डले लिएर गएको स्टोरी बैंकको अवधारणासँगै सातै प्रदेशमा छायांकन स्थल निर्माण गर्न र काभ्रेमा फिल्म सिटीको घोषणाले फिल्म क्षेत्रलाई सरकारबाट मायाको संकेत पाएको बताए ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया