नाच्न नआउने हुनाले गुण्डा बनेको हुँ : दिनेश डिसी

काठमाडौँ । बाल्यकालदेखि नायक बन्ने ईच्छा भएपनि नृत्यमा कमजोर भएकाले चलचित्रमा खलनायकको भुमिकामा देखिएको कलाकार, निर्देशक तथा निर्माता दिनेश डिसीले जनाएका छन् ।
आफूलाई नाच्न नआउने भएकै कारण ५५ वटा फिल्ममा खलनायकको अभिनय गरेको उनले बताए ।
आफू अभिनीत फिल्म ‘घाम छाँया’ को ‘पहिलो भेटमै’ बोलको गीतको एक टुक्रा टिकटकमा भेटिएपछि उनले सामाजिक सञ्जालमा शेयर गर्दै लेखेका छन्, ‘हिरो हुने मन कसलाई हुँदैन र ? मलाई पनि थियो । तर, नाच्न नआउने हुनाले मैले करीब ५५ वटा फिल्ममा भिलेनकै अभिनय गरेँ ।’
निर्देशक किशोर रानाले वकिलको रोल हो र गीत छैन भनेपछि उनले ‘घाम छाँया’ मा अभिनय गरेको जनाएका छन् ।
फिल्ममा काम गर्दाको क्षण स्मरण गर्दै उनले लेखेका छन्, ‘निर्देशक किशोर रानाले एउटा फिल्ममा हिरोमा अफर गर्नुभयो, ‘घाम छाँया’ (२०५७) । वकिलको रोल हो र गीत छैन भनेपछि मैले अभिनय गरेँ । तर, पछि एउटा गीत राखियो ।
वकिलले गर्ने डिसेन्ट मुभमा गीत खिच्छु भनेर मलाई नृत्य निर्देशक बसन्तजं रायमाझीले कन्भिन्स गराए । अभिनेत्री थिइन्, सुष्मा कार्की ।’
टिकटकले पुरानो याद ताजा गराएकोमा उनले खुसी व्यक्त गरेका छन् । यो फिल्मका निर्देशक राना, नृत्य निर्देशक रायमाझी र कलाकार कार्कीको निधन भइसकेको छ ।
दिनेश डिसीले अभिनयसँगै ‘मायाज् बार, फूलै फूलको मौसम तिमीलाई र छ एकान छ’ फिल्मको निर्देशन पनि गरेका छन् । अहिले उनी कान्तिपुर टिभी र कान्तिपुर रेडियोको स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् ।

















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया