मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

काठमाडाैं । प्रहरीले मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालकद्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन् ।
उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २४० लिटर ह्याण्ड स्यानिटाइजरसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त हेल्थ केयरबाट मापदण्ड विपरित सञ्जिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई स्यानिटाइजरसहित पक्राउ गरेको हो ।
उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच आज विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५३३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा चालकलाई सचेत गराएर छाडिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम यूनिकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५४४ जनालाई निःशुल्क मास्क वितरण गरेको जनाएको छ ।
निषेधाज्ञा उल्लङ्घन गर्ने ६४ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम रु ६० हजार ८०० जरिवाना गरिएको छ ।
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया