मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट
मेरोन्यूज
२०७८ जेठ २४ गते १४:३४
काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले केपी शर्मा ओलीले जेठ २१ गते जनता समाजवादी पार्टी (जसपा)का १० जना विघटित प्रतिनिधिसभाका सांसदसहित एमालेकै नेताहरूलाई लिएर मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।
विश्वासको मत लिन नसकेका प्रधानमन्त्री संविधानको धारा ७७ (३)अनुसार कामचलाउ भएकाले मन्त्रिपरिषद् विस्तर गर्न नमिल्ने निवेदकको दाबी छ ।
‘धारा ७६ अनुसार अदालतमा मुद्दा चलिरहेको छ’ अधिवक्ता न्यौपानेले भने, ‘मन्त्रिपरिषद् विस्तार गैर संवैधानिक भएको हाम्रो दाबी छ ।‘
सोमबार अदालत प्रशासनले रिट दर्ता गरेको हो ।
सम्बन्धित










जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया