ओलीको प्रस्तावमा सन्तुष्ट हुन सकेन नेपाल समुह, छुट्टै अपिल गर्ने

काठमाडौं । पार्टी एकताका लागि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले अगाडी सारेको ६ बुँदे प्रस्ताव अस्पष्ट रहेको भन्दै त्यसमा सन्तुष्ट हुन नसक्ने निश्कर्ष माधव नेपाल समुहले निकालेको छ ।
ओलीको एकता अपिल पछि सोमबार वसेको माधव नेपाल पक्षको भर्चुअल बैठकले ओलीको वक्तब्यमा अझै विरोधाभाष देखिएको भन्दै सन्तुष्ट हुन नसकिने साझा निश्कर्ष निकालेको हो ।
ओलीको ६ वुँदेमा देखिएको अस्पष्टता लाई स्पष्ट पादै आफ्नो तर्फबाट पनि नेपाल पक्षले अडानसहितको अपिल जारी गर्ने निर्णय नेपाल समुहको स्थायी समिति बैठकले निकालेको छ । नेपाल पक्षले त्यस्तो अपिल लिखित रुपमा नै गर्ने निर्णय भएको हो।
ओलीले जेठ ३ मा पार्टी फर्किएको भने पनि त्यो नेकपा भएको अवस्थामा नभई एमालेकै अवस्था जेष्ठ २ मा फर्किनुपर्ने, सर्वाेच्च अदालतमा पुगेर गरेको हस्ताक्षर लोकतन्त्र, संविधान बचाउनका लागि गरिएकोले फिर्ता लिन नसक्ने र फिर्ता लिनु भन्दा ओलीले प्रतिनिधीसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने जस्ता अडान राखेर नेपाल समुहले छुट्टै अपिल गर्ने भएको छ ।
नेपाल समुहले जारी गर्ने छुट्टै अपिलका विषयमा अहिले नेताहरुले डाफ्ट तयार पारिरहेका छन् । “अध्यक्ष ओलीले पार्टी एकताका लागि भनेर ६ बुँदे प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा हामी पुगेका छौँ । शर्त मानेर एकता सम्भव छैन । लोकतान्त्रिक प्रणाली–व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन । पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरिएको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेको आधारमा पार्टी एकता हुन्छ ,’ बैठकपछि स्थायी समिति सदस्य बेदुराम भुषालले भने ।
यस अगाडी एकताका लागि माधव नेपालले ओली समक्ष राखेको ६ वुदेमा ओलीको प्रतिवद्धता आउनु पर्ने नेपाल पक्षको भनाई छ ।
ओलीको प्रस्ताव पछि नेपाल समुहले पनि पहिले वुझाएकै ६ बुदे जगमा टेकेर अर्काे छुट्टै अपिल गर्न लागेका छन् ।
‘हाम्रो तर्फबाट प्रधानमन्त्रीका तर्फबाट आएका एकताको आह्वानसम्बन्धि बुँदामा जे अस्पष्ट छन्, त्यसमा हाम्रो अडान राखेर स्पष्ट बनाएर एकताको अपिल सार्वजनिक गर्ने निर्णय भएको छ’ स्थायी समिति सदस्य गोकर्ण विष्टले भने, ‘हामीले एकता नचाहेको होइन, तर एकताको नाममा जुन वक्तव्य आएको छ, त्यसले मात्रै लामो समयदेखि राख्दै आएको हाम्रो अडानलाई सम्बोधन गर्न सकेको छैन भन्ने सन्दर्भमा हाम्रो तर्फबाट पनि एकताको अपिल सार्वजनिक हुँदैछ ।’
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया