इलाममा चिया उद्योग पुनः सञ्चालनमा आउदै

इलाम । कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन् ।
नगर, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिको संयुक्त छलफलबाट मापदण्ड तयार पारिएको हो । हरियो चियापत्ती टिप्दा न्यूनतम तीन मिटर सामाजिक दूरी कायम गर्नुपर्ने भएको छ । अनिवार्यरूपमा मास्क, सेनिटाइजर पञ्जाको प्रयोग, चिया खाजाको व्यवस्था घरबाटै गर्ने, २ बजेसम्म सङ्कलन केन्द्रमा सङ्कलन गरेर ५ बजेभित्र उद्योगसम्म पु¥याउने, एक / एक घण्टामा सावुनपानीले हात धुने र एउटा बोरामा अधिकतम ३० किलोभन्दा बढी ढुवानी गर्न नपाउने मापदण्डमा उल्लेख छ ।
चिया प्रशोधन कार्यमा दुई वा तीनभन्दा बढी श्रमिक राख्न नपाउने, गुणस्तरीय चिया उत्पादन कार्यविधि, २०७५ को पालना गर्नुपर्ने, श्रमिक वा अन्य कामदारको विवरण प्रत्येक दिन सम्बन्धित वडामा बुझाउने, चिया टिप्न प्रयोग गरिने सुरक्षा सामग्री मजदूरलाई सम्बन्धित चिया कृषकले उपलब्ध गराउनुपर्ने, चिया ढुवानीको सवारी वडा कार्यालयमा दर्ता भएको हुनुपर्नेलगायत बुँदा समेटिएका छन् ।
चिया क्षेत्रमा सङ्लग्न किसान, श्रमिक वा उद्योगमा कार्यरत मजदुरमा सङ्क्रमण देखिएमा स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । सङ्क्रमितलाई उपचारको लागि अस्पतालसम्म लग्न सवारीसाधनको व्यवस्था नगरले गर्ने जनाइएको छ । यसअघि गत वर्ष पनि नगरले १४ बुँदे मापदण्ड पालना लागु गराएर चिया टिपाईलाई सहज बनाएको थियो । रासस
















पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया