प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका मुद्दामा संवैधानिक इजलासमा (बुधबार) आज सुनुवाइ हुँदैछ। आईतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।
सोमबार प्रधानन्यायाधीश राणा बिरामी परेपछि संवैधानिक इजलास बस्न सकेन।
इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन। आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो। सोमबार प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्चले अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेकी थिईन् ।
त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् । तीमध्ये संसद पुनर्स्थापना गरी उपधारा ५ अनुसार ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै चार रिट परेका छन् भने अरू २६ रिटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग छ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया