संसद विघटनको मुद्दामा सुनुवाई हुने
मेरोन्यूज
२०७८ जेठ २६ गते १०:५३

काडमाडौँ । संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ गर्न बुधबार पेशी तोकिएको छ । संवैधानिक इजलासको पेशीका लागि आज पेशी तोकिएको हो ।
इजलासमा सहभागी दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलले प्रश्न उठाएपछि गत आइतबार विषयवस्तुमा प्रवेश नै नगरी बहस हेर्दाहेर्दैमा स्थगित भएको थियो । यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरामी हुँदा सोमबार र मंगलबार इजलास बस्न सकेको थिएन ।
सर्वोच्चका अनुसार सरकारी वकिलले प्रश्न उठाएका न्यायाधीशहरू दीपककुमार कार्की र डा आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने भएका छन् ।
उनीहरू इजलासमा बस्न तयार भए भने इजलास विषयवस्तुमा प्रवेश गर्ने छ । तर, उनीहरूले इजलासमा नबस्ने राय दिएमा संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने छ । जसका कारण मुद्दामा सुनुवार्इ थप लम्बिने छ ।
सम्बन्धित
















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
ताप्लेजुङमा भूकम्प गयो
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया