शर्मा एण्ड कम्पनीका संस्थापक अध्यक्ष राधाकृष्णको निधन

काठमाडौं । शर्मा एण्ड कम्पनीका संस्थापक अध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा निधन भएको छ । मंगलबार काठमाडौंस्थित बयोधा अस्पतालमा उपचारका क्रममा ८५ वर्षिय शर्माको मष्तिष्कघातका कारण मृत्यु भएको शर्मा एण्ड कम्पनीका निर्देशक एंव प्रमुख प्रशासन रमेश सुवेदीले बुधबार एक विज्ञप्ति जारी गरी जानकारी दिए ।
शर्माको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् १९६६ मा काठमाडौंको सितापाइलामा कम्पनी स्थापना गरेका शर्माको निधनका कारण कम्पनीले एक असल अभिभावक तथा मुलुकले एक कर्मठ र सच्चा व्यवसायी गुमाएको जनाएको छ ।
शर्मा नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष समेत हुन् । उनले महासंघको तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । नेपालको निर्माण उद्योगको व्यावसायिक विकासमा अतुलनीय योगदान दिएका शर्मा हाल महासंघको मानार्थ सदस्य रहेका थिए ।
शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए । स्वर्गीय शर्माका श्रीमती, एक छोरा (कम्पनीका निर्देशक एंव प्रमुख प्रशासन रमेश), तीन जना छोरीहरु र ७ जना नाति नातिना रहेको शर्मा एण्ड कम्पनीले जनाएको छ ।














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया