कोरोना संक्रमण गाउँ -गाउँमा फैलियो – स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण गाउँ गाउँमा फैलिएको जनाएको छ । मन्त्रालयले प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले गाउँ गाउँमा संक्रमणले व्यापक रूपमा फैलिएको जानकारी दिए । प्रवक्ता डा.पौडेलका अनुसार ५ सय भन्दा बढि सक्रिय संक्रमित हुने जिल्ला ४६ छन्। उनलेभने, “यो समूहमा गाउँ–गाउँमा संक्रमण फैलिएको पुष्टि हुन्छ,” उनले भने,“जिल्लागत विवरणलाई हेर्दा गाउँ–गाउँमा संक्रमण फैलिएको देखिन्छ ।”
जसमध्ये काठमाडौं, ललितपुर, मोरङ, भक्तपुर, रूपदेन्ही, झापा, कैलाली, कास्की, काभ्रेपलाञ्चोक र चितवन छन्। मन्त्रालयले अनुसार प्रदेश १ मा पाँचथर, ओखलढुंगा, तेह्थुममा संक्रमण फैलिरहेको छ।
प्रदेश २ मा सिराह, बागमति प्रदेशमा सिन्धुपाल्चोक, नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पुर्वमा संक्रमण फैलिरहेको प्रवक्ता पौडेलले जानकारी दिए। लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा रुकुम र रुकुम परिश्च र सुदरपश्चिमा दार्चुला फैलिएको देखिएको छ।
मन्त्रालयको तथ्यांक अनुसार कुल संक्रमित मध्ये ४८ दशमलव ८ प्रतिशत महिला र ६१ दशमलव २ प्रतिशत पुरूषमा संक्रमण पुष्टि भएको छ।
२१ देखि ५० बर्ष उमेर समूहमा संक्रमणदर उच्च छ। “कर्णाली प्रदेशको गाउँ–गाउँमा कोरोना भएका बिरामी सूचना प्राप्त भएको छ। कसैमा लक्षण देखिएको छ तुरून्तै परीक्षण गर्नुहोस्,” डा.पौडेलले भने।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया