चोरले म चोर भन्दैन : बाबुराम भट्टराई

काठमाडौँ । अभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकबाट बाहिरिदै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले चुरेलगायत विषयमा एकमत भएको बताएका छन् ।
‘चोरले म चोर भन्दैन, त्यसैले सरकारले चुरे क्षेत्रलाई लिएर के गर्न लागेको हो भन्ने यकिन हुन सकेको छैन,’ डा. भट्टराईले भने, ‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ । भ्याकुम पैदा हुन्छ । यसरी संकट सिर्जना गरेर अन्ततस् संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो !’
उनले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले सही निर्णय लिने विश्वास गरे । बैठकबाट बाहिरिदै उनले यसअघि भन्दै आएको जेठ १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेको अपिलबारे विस्तारै खुलासा गर्ने बताए ।
बैठकमा कोरोना भाइरस नियन्त्रण, सरकारले ल्याएको बजेटले चुरे क्षेत्रको गिटी, बालुवा निकालेर व्यापार घाटा कम गर्ने सरकारको निर्यणको विरोध गर्ने विषयमा छलफल भएको बताए ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया