चोरले म चोर भन्दैन : बाबुराम भट्टराई

काठमाडौँ । अभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकबाट बाहिरिदै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले चुरेलगायत विषयमा एकमत भएको बताएका छन् ।
‘चोरले म चोर भन्दैन, त्यसैले सरकारले चुरे क्षेत्रलाई लिएर के गर्न लागेको हो भन्ने यकिन हुन सकेको छैन,’ डा. भट्टराईले भने, ‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ । भ्याकुम पैदा हुन्छ । यसरी संकट सिर्जना गरेर अन्ततस् संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो !’
उनले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले सही निर्णय लिने विश्वास गरे । बैठकबाट बाहिरिदै उनले यसअघि भन्दै आएको जेठ १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेको अपिलबारे विस्तारै खुलासा गर्ने बताए ।
बैठकमा कोरोना भाइरस नियन्त्रण, सरकारले ल्याएको बजेटले चुरे क्षेत्रको गिटी, बालुवा निकालेर व्यापार घाटा कम गर्ने सरकारको निर्यणको विरोध गर्ने विषयमा छलफल भएको बताए ।
















एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया