गण्डकीमा बहुमतसहित सरकारका लागि कांग्रेसको दाबी (हस्ताक्षरसहित)

काठमाडौँ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्न दाबी पेश गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष पत्र पेश गरेको छ । उनले नयाँ सरकार गठन गर्न २४ घण्टाभित्रको समयसीमा दिएसँगै नयाँ सरकार गठन गर्न गठबन्धन पक्षले दाबी पेस गरेको हो ।

गठबन्धन पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), जनमोर्चा र स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् । गठबन्धनको पक्षबाट कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्तावित गरी दाबी पेस गरिएको हो ।

शुक्रबार मात्रै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । गठबन्धन पक्षले सोहीअनुरुप नयाँ सरकार गठर्ने भएको हो ।
बहुमतको पक्षमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र एक सांसदले हस्ताक्षर गरेका छन् । गण्डकी प्रदेशमा सरकार बनाउन ३१ जना सांसद आवश्यक पर्दछ ।






















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया