जम्मा २० रुपैयाँमा घर पाइने सानदार शहर

काठमाडौँ । नेपालमा एउटा सामान्य घर बनाउन कति खर्च गर्नु पर्ला ? यो प्रश्नसँगै सबैले लाखौँ रूपैयाँ खर्च हुने अनुमान गर्नु भएको होला । तर, एउटा यस्तो देश छ, जहाँ जम्मा करिब २० रूपैयाँमा सानदार घर पाइन्छ ।
सायद, हामी पत्याउन सक्दैनौँ । तर, क्रोएशियाको एक उत्तरी इलाकामा रहेको शहरमा जम्मा २० रूपैयाँमा सानदार घर पाइन्छ । लेग्राड नाम गरेको यो शहर ६२ वर्ग किलोमिटरमा फैलिएको छ ।
यति ठूलो क्षेत्रफलमा फैलिएको यस शहरमा जम्मा २ हजार २४१ जना मात्रै बसोबास गर्दै आएका छन् । लेग्राड शहरका मेयर इवान साबोलिकका अनुसार शहरमा सबै प्रकारको सेवा सुविधा रहेको छ ।
‘शहरमा बसोबास गर्ने मानिस कम रहेका छन्, त्यसैले खाली भएका घर कम मूल्यमा बिक्री हुँदै आएको छ,’ मेयर साबोलिकले भने । अहिलेसम्म १७ वटा घर बिक्री भइसकेको समाचारमा जनाइएको छ ।
‘प्रायः घरहरू खाली नै हुन्छन्, मानिसहरू घर किनेर बस्छन्, तर केही वर्ष बसेपछि छाडेर जान्छन्,’ मेयर साबोलिकले भने, ‘त्यसैले घर किन्ने मान्छेले कम्तिमा १५ वर्ष बस्ने गरी सम्झौता गर्नु पर्दछ, किनकी मानिसहरू यहाँ नै बसुन् भन्ने हाम्राे चाहना हो । एजेन्सी














विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया