जम्मा २० रुपैयाँमा घर पाइने सानदार शहर

काठमाडौँ । नेपालमा एउटा सामान्य घर बनाउन कति खर्च गर्नु पर्ला ? यो प्रश्नसँगै सबैले लाखौँ रूपैयाँ खर्च हुने अनुमान गर्नु भएको होला । तर, एउटा यस्तो देश छ, जहाँ जम्मा करिब २० रूपैयाँमा सानदार घर पाइन्छ ।
सायद, हामी पत्याउन सक्दैनौँ । तर, क्रोएशियाको एक उत्तरी इलाकामा रहेको शहरमा जम्मा २० रूपैयाँमा सानदार घर पाइन्छ । लेग्राड नाम गरेको यो शहर ६२ वर्ग किलोमिटरमा फैलिएको छ ।
यति ठूलो क्षेत्रफलमा फैलिएको यस शहरमा जम्मा २ हजार २४१ जना मात्रै बसोबास गर्दै आएका छन् । लेग्राड शहरका मेयर इवान साबोलिकका अनुसार शहरमा सबै प्रकारको सेवा सुविधा रहेको छ ।
‘शहरमा बसोबास गर्ने मानिस कम रहेका छन्, त्यसैले खाली भएका घर कम मूल्यमा बिक्री हुँदै आएको छ,’ मेयर साबोलिकले भने । अहिलेसम्म १७ वटा घर बिक्री भइसकेको समाचारमा जनाइएको छ ।
‘प्रायः घरहरू खाली नै हुन्छन्, मानिसहरू घर किनेर बस्छन्, तर केही वर्ष बसेपछि छाडेर जान्छन्,’ मेयर साबोलिकले भने, ‘त्यसैले घर किन्ने मान्छेले कम्तिमा १५ वर्ष बस्ने गरी सम्झौता गर्नु पर्दछ, किनकी मानिसहरू यहाँ नै बसुन् भन्ने हाम्राे चाहना हो । एजेन्सी
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया