४ दिनदेखि हराएका ७ जना जीवितै भेटिए
मेरोन्यूज
२०७८ असार ४ गते १०:५९
काठमाडौँ । पशु लिएर चराउन गएका जाजरकोट जिल्लाको जलजला पाटनमा बेपत्ता भएका ७ जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले उनीहरूलाई भेटी खाना खुवाउने काम गरिएको जाजरकोटका जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।
गत मंगलबारदेखि हराएकाहरूमा कुशे गाउँपालिका ८ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय रहेका छन् । उनीहरूलाई शुक्रबार बिहान भेटिएको डिएसपी थापाले बताए ।
खाना खान नपाएका उनीहरू चिसोका कारण कमजोर भएका थिए । उनीहरूलाई पाटनकै प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ ।
सम्बन्धित










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया