आइतबार, जेठ ११, २०८२

आजको मौसमः कहाँ/कहाँ पानी पर्दैछ ???

मेरोन्यूज २०७८ असार ८ गते ८:२०

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ र वागमती प्रदेशका एक/दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राती देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया