ट्याक्सी ५५ दिनपछि निस्किए सडकमा

काठमाडौं । सरकारले निषेधाज्ञा केही खुकुलो गरेसँगै ५५ दिनपछि ट्याक्सी सडकमा निस्किएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गएरातीबाट लागू हुने गरी काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको थियो ।
सोही अुनसार आजबाट काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । स्वास्थ्य मापदण्ड पालना गरी ट्याक्सीले यात्रु बोक्न पाउने भएका हुन् ।
जोर विजोर प्रणाली अनुसार ट्याक्सी सञ्चालनको अनुमति दिएको र स्वास्थ्य मापदण्ड पालना गरी एकपटकमा बढीमा तीन जना यात्रु बोक्न पाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।
गत बेशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएपनि सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले सार्वजनिक यातायातका साधन सञ्चालनमा भने अझै रोक लगाएको छ ।














माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया