नमोबुद्धका कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।
कृषकलाई एकदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीघार वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रेशम दाहालले बताए । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालन गर्ने कृषकमध्ये छनोटमा परेका कृषकलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले ५६ वटा मौरीसहितको घार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरका कृषकलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण गरिएको जानकारी दिए । आगामी वर्ष पनि सो कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उनले यसै वर्षदेखि अनुदानमा भैँसी तथा बाख्रा वितरण अभियानको शुरुआत गरिसकेको र त्यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाउने बताए ।
कार्यक्रममा वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले नमोबुद्ध नगरलाई अग्र्यानिक कृषिको केन्द्र बनाउने उद्देश्य रहेको उल्लेख गर्नुहुँदै त्यसमा कृषकको साथ र सहयोग आवश्यक रहेको बताए ।
कृषक रामप्रसाद घिमिरेले नगरपालिकाले मौरीको घारसहित तालिमसमेत दिएर व्यवस्थित एवं व्यावसायिकरूपमा मौरीपालन अघि बढाउन हौसला मिलेको बताए । नगरपालिकाले मौरीपालनका लागि पकेट क्षेत्र नै बनाएर अन्य पालिका र जिल्लामा मौरी र मौरीघार निर्यात गर्ने योजना बनाएको छ । त्यसरी वितरण गरेको कृषकले पालन गरेको मौरीबाट उत्पादन भएको महको बजारीकरणको व्यवस्था नगरपालिकाले नै गर्ने योजना तय भएको जनाएको छ ।
नमोबुद्ध नगरपालिकाले यसअघि विभिन्न वडाका कृषकका लागि ८० प्रतिशत अनुदानमा १५५ वडा भैँसीको पाडी वितरण गरिसकेको । चालु आवमा नै बाख्रा वितरण गर्ने तयारीमा नगरपालिका रहेको छ । त्यससँगै किसानलाई कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (च्यापकटर), ५० प्रतिशत अनुदानमा मिनीटिलर, इलेक्ट्रिक पम्प र फलफूलको बिरुवा वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । रासस










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया